दुईजनाको घटना स्थलमै मृत्यु एक जना घाइते

मर्चवार न्यूज 367+ समाचार ( )
७ आश्विन २०८२, शनिबार

मर्चवार । टिप्परको ठक्करबाट दुई जनाको मृत्यु र एकजना घाइते भएका छन् । रुपन्देहीको बनगाई–मर्चवार सडक खण्ड मायादेवी ६ गैरगट्टीमा भएको दुर्घटनामा परी सम्मरीमाई ५ रोइनिहवाका २० वर्षीय समिर खाँन, कोटहीमाई ४ बैरघाटका १८ वर्षीय शिवनाथ ठाकुरकाे घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मझगावाँले जानाएको छ । 

लु २ ख २४७४ नम्बरको टिप्परमा बालुवा लोड गरी भैरहवाबाट मर्चवार तर्फ आउदै गरेको र लु ४० प २३७३ नम्बरको मोटरसाइकलमा सवार तीन जना मर्चवारदेखि भैरहवा जादै गरेको एक आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । मोटरसाइकलमा सवार अर्का एकजना मर्चवारी ५ का समान्य घाइते भएका अमित यादवको भिम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । 

दुर्घटना भएको दुबै सवारी साधन सहित टिप्पर चालक बुटवल उपमहानगरपालिका वडा नं. १९ का ४५ वर्षीय जगदीश चौधरीलाई समेत नियन्त्रणमा राखी घटनाबारे अनुसन्धान गरीरहेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार