लायन्स क्लब अफ बुटवलद्वारा मर्चवारमा स्वास्थ्य शिविर तथा न्यानाे कपडा वितरण

हृदयराम गुप्ता 121+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

हरिकेश पाल

मर्चवार ८ पुस÷लायन्स क्लब अफ बुटवलले मर्चवारमा बृहत शिविर सम्पन्न गरेको छ । क्लबको अयोजना तथा कोटहीमाई ३ का समाजसेवी विरेन्द्र जयसवालको ब्यवस्थापनमा शनीबार अाँखा जाच, सुगर चेकजाँच तथा स्वीटर र कम्बल बितरण गरिएको हो । 

मर्चवार क्षेत्रका विभिन्न ब्यक्तिहरुको आखाँमा देखिएको समस्यलाई मध्यनजर गरी ६ सय भन्दा बढीको आखाँ जाँच, २ सय ५० भन्दा बढीको सुगर चेकजाँच,  तुनिहवा माध्यमिक विद्यालयका बालबिकास देखि कक्षा ३ सम्मका १ सय ७६ जना विद्यालर्थीहरुलाई स्वीटर तथा २५ जना ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको कार्यक्रम संयोजक लायनस मनिषा बज्राचार्यल बताइन् । आँखा चेकजाँचको क्रममा १०६ जनामा मोतियाबिन्दको समस्या देखापरेका हुँदा २ चरणमा शल्यक्रिया गर्ने तयारी भएको उनले बताइन् । शल्यक्रियाको लागि क्लबले ब्यवस्थापन गर्ने र बिरामीलाई कुनै खर्च नलाग्ने उनले बताइन् । यसैगरी सुगर चेकजाँच गर्दा करीब ७० जनामा सुगर रोगको समस्या देखिएको लायनस बज्राचार्यले जानकारी दिएकी छन् । सुगर रोगको समस्या देखिएको बिरामीहरुलाई आवश्यक सुझाव तथा औषधी उपचार, बचावबारे जानकारी गराईएको उनले बताइन् । 


यसैगरी शिविरको अवसरमा तुनिहवा माध्यमिक विद्यालयका बालबिकास देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको शिविर कार्यक्रम संयोजक लायनस बज्राचार्यले जानकारी दिएकी छन् । बढदै गरेको चिसो तथा शितलहरलाई माध्य नजर गरी विद्यालय आउने साना बालबालिकाहरुलाई चिसोबाट जोगाउन उक्त स्वीटरहरु वितरण गरिएको लायनस बज्राचायले जानकारी दिएकी छन् । शिविरमा सहभागी भएको विभिन्न गरीब परिवारका २५ जना ज्येष्ठ नागरिकहरुलाई कम्बल समेत वितरण गरिएको उनले बताइन् ।

शिविर कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पीएमजेएफ अर्जुनमान सैनीले आँखाका समस्या भएको बिरामीहरुलाई जेकजाँच तथा उपचार गरी लायन्स क्लब आफ बुटवले ठुलो समाजिक कार्य गरेको बताए । ग्रामिण क्षेत्रमा गुणस्तरीय अस्पताल नभएको र गुणस्तरीय सेवाको लागि शहर नै जानु बाध्यताले अधिकांस ब्यक्तिले आँखा चेकजाँच तथा उपचारबाट बन्चित रहेको बताए । लायन्स क्लब जस्ता अन्य समाजिक संस्थाहरुले स्वास्थ्य शिविर संचालन गर्दा ग्रामिण क्षेत्रलाई प्राथमिकता दिन उनले आग्रह गरे  । 


उक्त शिविर स्थलमा आवश्यक सामाग्रीको ब्यवस्थापन तथा आएको जनशक्तिहरुको खानाको ब्यवस्थापन समेत गरेको समाजसेवी बिरेन्द्र जयसवालले सम्पन्न उक्त शिविर प्रसंशनीय रहेको बताए । ‘मर्चवार क्षेत्रमा देखिने स्वास्थ्य समस्यालाई निवारण गर्न मेरो आग्रहमा सम्पन्न उक्त शिविरका अयोजक लायन्स क्लब अफ बुटवललाई धन्यवाद दिन चाहन्छु । मैले पनि उक्त शिविरमा गर्न सकेको सहयोग समाजकै लागि हो । यस्ता समाजिक कार्यमा सधै सहकार्य गर्नेछु’ समाजसेवी जयसवालले भने ।

लायनस बेगम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई लायनस सीता धोजूले संचालन गरेकी थिइन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार