मर्चवार ६ फागुन/ रुपन्देहीको कोटहीमाई गाउँपालिकाले ७४औँ राष्ट्रि प्रजातन्त्र दिवस–२०८० को अवसरमा दिवसको पुर्व सन्ध्यामा कार्यालय परिसर सरसफाई तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ । हरेक वर्ष फागनु ७ गते मनाउने प्रजातन्त्र दिवस मनाउन ६ गते नै कार्यालयको परिसरलाई गाउँपालिकाको कर्मचारीहरुले सरसफाई साँझ दीप प्रज्वलन गरेका हुन् ।
सरसफाई पछि चौपचारिक कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले प्रजातन्त्र हरेक ब्यक्तिहरुको हितकै लागि आएको बताए । प्रजातन्त्रको सदुपयोग गरी यसलाई जोगाइरख्न सबैले एक आपसमा सदभाव राखी काम गर्नुपर्ने बताए । प्रजातन्त्र दिवसको शुभकामना दिदै अध्यक्ष त्रिपाठीले भने ‘प्रजातन्त्र मुलुकको लागि उत्कृष्ठ ब्यवस्था रहेको छ । यसको महत्व बुझन सके र यसको सदुपयोग गर्न सके मुलुकमा शन्ती सुरक्षा साथै मुलक समृद्ध हुन्छ । ’
यसैगरी कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले प्रजतन्त्र दिवसको अवसरमा विभिन्न स्थानीयतहले विभिन्न कार्यक्रम गरिहदा कोटहीमाई गाउँपालिकाले सरसफाई, दीप प्रज्वलन तथा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम गरेको बताए । दिवसको अवसरमा आज शुभारम्भ गरि गाउँपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायतका कार्यालयमा ७ र ८ गते पनि दीप प्रज्वलन गरिने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । यस दिवसको अवसरमा शुद्धोधन गाउँपालिका रुपन्देहीले अयोजना गरेको क्रिकेट प्रतियोगितामा पनि कोटहीमाई गाउँपालिकाले सहभागी भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिएका छन् ।