मर्यादपुरमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत

मर्चवार न्यूज 367+ समाचार ( )
१३ पौष २०८१, शनिबार

मर्चवार १३ पुस । श्री मार्यादपुर माध्यमिक विद्यालयमा विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ । एसईई उत्र्तीण पछि कक्षा ११ मा भर्ना भई अध्यनका लागि आएका नयाँ विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

सोही विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा उक्त स्वागत कार्यक्रम सम्पन्न भएको हो । आयोजक विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई टिका लगाई मायाको चिनो दिएर स्वागत गरेका हुन् । यसैगरी उक्त विद्यालयमा कक्षा ११ र १२ मा अध्ययापन गराउने शिक्षकहरुलाई समेत मायाको चिनो दिएर स्वागत कार्यक्रम सम्पन्न गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सोही विद्यालयका प्रधानाध्यापक घनश्याम पाण्डेयले विद्यार्थीहरुको लागि अनुशासन गहनाको रुपमा रहेको बताए । नियमित विद्यालय आउने अनुशासनमा बस्ने र पढाइमा केन्द्रित हुने विद्यार्थी सफल हुने उनले बताए । 

विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमलाई शिक्षक दुर्गेश यादवले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार