मर्चवारीमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

मर्चवार न्यूज 368+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

मर्चवार २१ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा निःशुल्क मोतियाबिन्दको शल्यक्रिाय (अपरेशन) शुरु भएको छ । मर्चवारी २ अमवामा संचालन रहेको आँखा अस्पतालमा चेकजाँचको क्रममा मोतिया बिन्दुको समस्या देखिएमा गाउँपालिकाको सिफारिसबाट श्री रण अम्बिका साह आँखा अस्पताल भैरहवामा निःशुल्क शल्यक्रिया हुने मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए ।

मर्चवारी गाउँपालिका भित्रका रहेका नागरिकको आँखा चेकजाँचको क्रममा मोतियाबिन्दु देखा पर्दा गाउँपालिकाको सिफारिसमा निर्धारित अस्पतालमा शल्यक्रिया हुने उनले बताए । शल्यक्रियाको क्रमम लाग्ने खर्च गाउँपालिका र अस्पतालले ब्यहोर्ने अध्यक्ष बराईले जानकारी दिएका छन् ।

अमावामा संचालित आँखा अस्पताल वा श्री रण अम्बिका साह आँखा अस्पताल भैरहवामा चेकजाँचको क्रममा मोतियाबिन्दुको समस्या देखा पर्दा वडा र गउँपालिका सिफारिस सहितका प्रक्रिया पुरा गरी निःशुल्क शल्यक्रिया सेवा पाउने मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिएका छन् । 

हाल सम्म मर्चवारी गाउँपालिकाबाट २ जना सो निःशुल्क सेवा लिइसकेको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै