सिद्धार्थनगर -४ मा राधाकृष्ण मन्दिरको शिलान्यास

हृदयराम गुप्ता 121+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

महेश गुप्ता 

भैरहवा, २९ मंसिर/ सिद्धार्थनगर नगरपलिका वडा नं ४ मा श्री राधाकृष्ण मन्दिरको निर्माण कार्यको शिलान्यास भएको छ । सिनपा ४ को ७ लाख लगानीमा उक्त निर्माण कार्य थालिएको वडा नं ४ का वडाध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए । 

वडाध्यक्ष सहित ४ सदस्यीय वडासमितीद्वारा मन्दिरको निर्माण कार्य सुरु गरिएको वडाध्यक्ष यादवले जानकारी गराएका हुन् । तत्कालका लागि ७ लाखको लगानीमा टाईभीम सम्मको निर्माण कार्य गरिने तथा बाँकीको निर्माण कार्य पनि वडाकै लगानीमा पूरा गर्ने उनले बताए । 

मन्दिर निर्माण कार्यमा वडावासी, मुक्तिधामका साथ साथै विभिन्न संग संस्थाको सहयोग रहेको वडाध्यक्षले बताए । 

साथै उनले यसै सातामा सिनपा ४ मा रहेकाे मस्जिदको पनि निर्माण कार्यको शिलान्यास गरिने बताएका छन् । 

मन्दिर निर्माण शिलान्यास कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खान, सिनपा वडा नं ३ का वडाध्यक्ष नारायण प्रसाद उपाध्याय, मुक्तिधामका अध्यक्ष प्रसुराम यादव, वडा सदस्य इन्द्रमती धोबी, मञ्जु चौधरी, सहिद बहादुर दुनिया, लगायत रमेश यादव, राजेश कलवारको उपस्थिति रहेको वडाध्यक्ष ‌यादवले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै