मर्चवार । रुपन्देहीको कोटहीमाई ४ स्थित कोटहीमाई मन्दिरमा विष्णु महायज्ञ शुरु भएको छ । उक्त मन्दिरबाट गाउँपालिका समेत नामाकरण गरिएको ऐतिहासिक धार्मिक स्थलमा प्रसिद्ध उक्त ठाउँमा विगत ९ वर्ष देखि हुदै आएको यज्ञ यस वर्ष सोमाबारबाट सुरु भएको हो ।
सोमबार मन्दिर परिसरदेखि कोटहीमाई ५ दावन र तीनाउ नदीको संगम स्थल दुईमोहानमा जल भर्न रथ सहित कलश यात्रा निकाली यज्ञ शुभारम्भ भएको हो । समाजिक सदभाव तथा धार्मिक संरक्षणका लागि हरेक वर्ष जनस्तरबाट उक्त यज्ञ हुदै आएको कोटहीमाई वडा नं. ४ का वडाध्यक्ष बेचुराम पालले बताए । यज्ञमा दैनिक दिउँसो तथा रातीमा भारतको बिन्द्रावनबाट आएका संस्कृतिक कार्यक्रमको प्रस्तुती हुने वडाध्यक्ष पालले बताए । उनले भने ‘कोटहीमाई मन्दिरको वरीपारी रहेका बैरघाट, जिगिनिहवा, तुनिहवा, बरहदवा, कदमहवा, हर्दि लगायत विभिन्न टोलवासीहरु प्रत्यक्ष तथा सनातनप्रति आस्था राख्ने अन्य क्षेत्रवासीहरुको सहयोगले यज्ञ भइरहेको छ ।’ चैत १२ गते सम्म संचालन हुने यज्ञमा हुनै दैनिक कार्यक्रममा सहभाग हुन सबैलाई निमन्त्रणा गरेका छन् ।
९ दिन सम्म चल्ने यज्ञमा दैनिक हुने सांस्कृतिक कार्यक्रमको उद्घाटना गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजय गुप्ताले धार्मिक कार्यक्रमले धर्म संक्षरण संगै समाजिक सदभाव समेत बचाउने बताए । पुजापाठ सहित हरेक धार्मिक कार्यक्रममा हरेक सनातनी परिवार जुटनुपर्ने बताए । ९ दिन सम्म चल्ने यज्ञ कार्यक्रम सबैको सकारात्मक सहयोगको अनुरोध गर्दै सभ्य र शान्त वातावरणमा बनाउन समाजको हरेक ब्यक्तिको भूमिका रहने गुप्ताले बताए ।