देवघाट तनहुँ, गोपिटार युवा क्लब द्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लबले हात परेको छ ।
बसन्तपञ्चमीको अवसर परेर देवघाट गाउँपालिका वडा नं.गोपिटारमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा २० टिम भलिबल खेलाडीको सहभागीता रहेको थियो । पाँच दिन सम्म संचालनमा रहेको खेलमा रु.३० हजार नगद राशी, मेडल प्रमाण पत्र सहित ढोदेनी युवा क्लब गैंडाकोट-३ ढोडेनी नवलपुर प्रथम भएका छन । रु.२०को नगद राशी सहितको दोश्रो पुरस्कर भने आयोजक टिम गोपिटार युवा क्लबले नै हात परेका छन । यसैगरि रु.१० हजार नगद सहितको तेस्रो स्थानको पुरस्कर कालिकाटार युवा क्लबले जितेका छन ।
पुरस्कर वितरण कार्यक्रमका बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले, खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवै स्वास्थ्य र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै दुव्यसनी कुलतमा लागेका व्यक्तीलाई समेत खेलकुदले सहि मार्गतिर डोर्याउन सक्ने बताए। अध्यक्ष थापाले समग्र खेलकुद बिकासको लागि सवै संघ संस्थाहरु संग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत सो अवसरमा गरेका थिए । कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य खम्बासिङ्ग राना, नेकपा एमालेका मणीराज गुरुङ, समाजसेवी युवा अर्जुन अधिकारी,देवघाट गाउँपालिका अ.ने.मा.संघका सचीव उपाध्यक्ष जुलिमायाँ सारुमागर, नेकपा वडा कमिटी अध्यक्ष थम बहादुर झ्यारि मगर, नेपाली काङ्ग्रेस वडा सभापति मुक्ति थापामगर, लगायत उपस्थिति रहेकोे थियोे। कार्यक्रमको अध्यक्षता रुमकुमार गुरुङको गरेका थिए भने संचालन सुर्य गुरुङले गरेका थिए । कार्यक्रम संयोजक अर्जुन गुरुङले जानकारी दिए।
खुल्ला पुरुष भलिबलमा उपाधी ढोडेनी युवा क्लबलाई
मगरात खबर
२९ माघ २०७८, शनिबार