मर्चवार÷ कोटहीमाई ५ मझगावाँमा पानी एटिएमको शिलन्यास भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा ३० लाखको लागतमा निर्माण हुने उक्त एटिएम लुम्बिनी प्रदेश सभा सदस्य वशीउद्दीन खाँनले आइतबार एक कार्यक्रमका बिच शिलन्यास गरेका हुन् ।
शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य वशीउद्दीन खाँनले शुद्ध खानेपानी पिउन पाउने सबैको अधिकार रहेको बताए । मर्चवार क्षेत्र लगायत विभिन्न ठाउँबाट मर्चवारको केन्द्र बिन्दुको रुपमा रहेको मझगावाँ आउँदा शुद्ध खानेपानी पिउन पाउन भन्ने उद्देश्यले उक्त पानी एटीएम लगाउन थालिएको बताए । मगावाँमा बैंक प्रयोजन, विद्युत प्रयोजन, नागरिकता प्रयोजन, अाँखा उपचार लगायत विभिन्न ब्यवसायीक प्रयोजन तथा सिँचाई प्रयोजनको लागि आउने अधिक घुँइचो हुने उक्त स्थानमा सहज रुपले पानी खान पाउने ब्यवास्था भइरहेको प्रदेश सभा सदस्य खाँले जानकारी दिएका छन् । मझगावाँलाई शहर बनाउने उद्देश्यले कामगरिरहेको बताउदै खाँनले सबैले सहयोग गर्न आग्रह गरेकाथिए ।
कार्यक्रमको विशिष्ट अतिथि कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले पानीबाट हाम्रो स्वास्थ्य प्रत्यक्ष जुडेको बताए । शुद्ध खानेपानी नै हाम्रो स्वास्थ्य रहेको भन्दै हरेक खानपानमा शुद्ध खानेपानीको आवश्यकता भएको हुँदा हाम्रो समाजमा रहेको हरेक धाराबाट निश्किने पानी शुद्ध हुनुपर्नेमा जोड दिए । मझगावाँमा निर्माण हुने उक्त पानी एटिएमबाट मर्चवारका डेढ लाख जनता तथा मझगावाँ आउने अन्य क्षेत्रका पनि निःशुल्क शुद्ध पानी पिएर लभाम्बितहुने अध्यक्ष त्रिपाठीले बताए ।
कोटहीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष संजय कुमार सैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष बेचुरामपाल, मर्चवार लिफ्ट सिँचाई जलउभोक्ता संस्थाका अध्यक्ष नजीर अहमद खाँन, प्रकोप ब्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी लगायतका उपस्थिती रहेको थियो ।