मर्चवार । रुपन्देहीको लुम्बिनीबाट २ जना कटुवा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाँउमा दुई समूहका युवाहरु बिच झडप हुदा सामूहक रुपले अक्रमणको प्रयास हुदा ती दुई जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जितवापुरमा राती महायज्ञ चलिरहेको थियो । सोही क्रममा राती करिब १२ बजे दुई समूह बिच सामान्य विवाद हुदा सोही ठाउँ बस्ने २७ वर्षिय विक्रम सिंह लोध सामान्य घाइते भएका छन । झगडामा संलग्न लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ मोहसणका २७ वर्षिय कलामुद्दिन मुसलमान र २६ वर्षिय रोशन अलि फकिरलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएकाहरुबाट एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।
घाइते लोधको भैरहवा स्थित भीम अस्पतालमा उपचार भैरहेको र अवस्था सामन्या रहेको तथा यस विषयमा थप अनुसन्धान भैरहेको कार्कीले बताए ।
वडा नं. ११ मा जितवापुरमा भइरहेको यज्ञको समापन कार्यक्रममा १०–१५ जनाको सामुहिक अक्रमण पछि विवाद उत्पन्न भएको यज्ञ समितिका अध्यक्ष ओमप्रकाश यादवले बताए । उनले भने ‘यज्ञ समापन कार्यक्रममा थियो विभिन्न ब्यक्तिहरुले प्रसाद ग्रहण गर्दै थिए त्यपछि १०–१५ जनाको समूहमा आएका युवाहरुले यज्ञ मण्डपमा तोडफोड, साउण्ड सिस्टममा तोडफोड गर्न थालेपछि उक्त स्थालमा भएकाहरुले प्रतिकार गरे । उनीहरुको हाथमा फलामको राड र पेस्तोल देखेपछि सबैले पछि हटे ।’ उक्त घटनाबारे प्रहरीलाई खबर गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रण लिएको उनले बताए ।