मर्चवार १५ जेठ / रूपन्देहीको कोटहीमाई गाउँपालिका ५ नयनपुरामा टिप्परको ठक्करले सोही वडाको ५० वर्षीय रामचन्द्र पालको बायाँ खुट्टा भाचिएको छ। दिउँसो करीब ११ बजे भैरहव तर्फबा सेमरा तिर जादै गरेको र १ ख २४७५ नम्बरको टिप्परले विपरीत दिसाबाट आउदैगरेको लु ६२ प २७२८ नम्बरको मोटरसाइकिलमा ठक्कर दिदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय मझगाँवाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिएका छन्।
घाइते भएका पालको उपचारको लागि युनिवर्सल क्लेज अफ मेडिकल साइन्सेज भैरहवामा पठाइएको प्रहरी निरीक्षक घिमिरेले बताए। दुर्घटना पछि घाइते पक्षले अक्रोस भएर टिप्परमा ढंगामुडा गरी टिप्परमा क्षति पुर्याएको उनले बताए। केहीबेर तनावग्रस्त पछि अवस्था सामान्य पछि टिप्पर र चालकलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसंधान भइरहेको उनले बताए।