सेवाग्राहीलाई सहज बनाउन कोटहीमाईमा अनलाइन सिफारिस

मर्चवार न्यूज 368+ समाचार ( )
९ माघ २०८१, बुधवार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा आनलाइन सिफारिस सेवा शुरु भएको छ । बुधबार देखि कोटहीमाई गाउँपालिकाको १ देखि ७ सम्मको सम्पूर्ण वडा कार्यालयमा उक्त सेवा शुभारम्भ भएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । 

प्रत्येक वडाका वडा सचिव तथा कार्यालय सहायकहरुलाई अनलाइन माध्यमबाट नागरिकता सिफारिस सेवा प्रदानका लागि प्रशिक्षण गरी बुधबारदेखि सेवा शुभारम्भ भएको अध्यक्ष त्रिपाठीले बताए । अध्यक्ष त्रिपाठीले भने ‘विभिन्न कागज पत्र संलग्न गरी इलाका प्रशासन कार्यालय मझगावाँबाट पटक पटक दौडधुप गरी नागरिकता लिने समस्यालाई अन्त्य गर्न अब वडाबाटै नागरिकताका फारम सहित आवश्यक प्रमाणहरु अनलाइन गरिने भएकोले नागरिकता लिने ठाउँमा समय लाग्ने छैन ’ । 

आज कोटहीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष संजय कुमार सैनीले सेवाग्राहीलाई अनलाइन सेवको कागजात हस्तान्तरण गर्दै सेवाग्राहीहरुलाई सेवा पाउन सहज हुनेभएको बताए । सेवाग्राहीले आफ्नो विवरण वडा कार्यालयमा बसेर सत्य तथ्य विवरण अनलाईन गराउने भएको हुदाँ नागरिकतामा हुने त्रुटी समेत नहुने वडाध्यक्ष सैनीले बताए । 

वडा सचिव रिता घिमिरेले वडा कार्यालयमा भरिने सेवाग्राहीको हरेक विवरण कोडको मार्फत इलाका प्रशासन कार्यालय मझगावाँमा सजिलै हेर्न पाउने बताइन । अनलाइन भरिएको विवरणलाई रुजू गरी सनाखत गराई छिटो नागरिकता पाउने भएकोले सेवाग्राहीलाई सहज हुनुका साथै नागरिकतामा हुने त्रुटीबाट समेत जेगिनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार