महेश गुप्ता
मर्चवार १८ कार्तिक÷रुपन्देहीमा एकजनाको हार्ट अट्याकले मृत्यु भएको छ । राती ११ः४७ मा आएको भुकम्पपछि घरबाट भग्ने क्रममा सिद्धार्थ नगरपालिका वडा नं. ६ बस्ने करीब ६८ वर्षीय राधेश्याम बर्मालाई हार्ट अट्याक आई भिम अस्पतालमा भर्ना भएका भिम अस्पतालका अ.हे.व. गोपाल उपाध्यायले जानकारी दिएका छन् ।
अवस्था गम्भीर देखिएपछि उनलाई भैरहवको युनिभर्सल क्लेज आफ मेडिकल साइन्सेजमा रिफर गरिइएको उनले बताए । भुकम्पबाट चोटपटक लागेको अथवा अन्य केसको उपचारका लागि भिम अस्पतालको तयारी अवस्थामा रहेको उनले बताए ।
युनिभर्सल क्लेज अफ मेडिकल साइन्सका डा. आयुब खान दिएको जानकरी अनुसार मेडिकल पुग्न पुर्व नै उहाँको मृत्य भइसकेको थियो । उनले भने ‘बिरामी यहाँ अउँदा हामीले चेकजाँच तथा औषधी उपचार गर्न सुरु गर्न जाँदा उहाँको पहिलै मृत्यु भइसकेको थियो ।’