मर्चवार । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज मर्चवारीदेवी मन्दिरमा दर्शन गर्न आउनुहुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही क्षेत्र नं. ४ को सचिवालयका अनुसार साह आज शनिबार दिउँसो १ बजे मर्चवारीमाइ गाउँपालिका–५ स्थित मर्चवारीदेवी मन्दिरमा दर्शनका लागि आउनुहुने कार्यक्रम तय भएको हो।
कार्यक्रमअनुसार साह आज दिउँसो मायादेवी गाउँपालिका–६ बेथरीबाट मर्यादपुर र मझगावाँ हुँदै मर्चवारीदेवी मन्दिर पुग्नुहुनेछ। मन्दिरमा दर्शन पश्चात उहाँ मर्चवारबाट लुम्बिनी प्रस्थान गर्नुहुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै सचिवालय सदस्य मुराली ठाकुरले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई आज दिउँसो १२ः३० बजे मर्चवारीदेवी मन्दिर परिसरमा उपस्थित हुन आग्रह गर्नुभएको छ।
जय देश जय घंटी 🔔🔔🙏🙏 अब किर बार बालेन सरकार Welcome balen sah 🔔🔔🔔🔔🔔🔔🙏
जय देश जय घंटी 🔔🔔🔔🔔