मर्चवारमा विभिन्न ब्यवसायको अनुगमन, नियम विपरितलाई चेतावनी

मर्चवार न्यूज 367+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

मर्चवार १५ भदौ । ईलाका प्रशासन कार्यालय मझगावाँले मर्चवारको तिनवटै पालिकामा अनुगमन गरेको छ । व्यसयाय दर्ता, खाद्य पदार्थको गुणस्तर, उपभोग अवधि लगायतमा केन्द्रित रहि अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय मझगावाँका प्रमुख शोभा पाण्डेयले जानकारी दिएकी छन् । 

मर्चवार क्षेत्रको रायपुर, सेमरा, वडवलिया, असुरैना, मन्झरिया लगायतमा अनुगमन गरिएको पाण्डेयले जानकारी दिएकी छन् । अनुगमनको क्रममा म्याद सकिएको वस्तु विक्रि वितरण गरिएको सामानहरु नष्ट गरी पहिलो पटक भएकोले चेतवानी दिएर छोडेको उनले बताईन । यसैगरी विना दर्ताको ब्यवसाय संचालन, दर्ता भए करचुक्ता नभएको, खाद्य वस्तु विक्रि गर्ने विभिन्न ब्यवसायमा सरसफाईको  अभाव, अधिकांश पसलहरुमा मुल्य सूची नभएको र मापदण्ड अनुसार ब्यवस्थापन नभएको भेटिएको उनले जानकारी दिएकी छन् । 


मापदण्ड विपरित रहेको ब्यवसायीहरुलाई सुधारको लागि चेतावनी दिएको उनले  बताउदै गरिएको अनुगमनले नागरिकहरुले पनि सकारात्मक रुपमा लिएको र यसलाई अब निरन्तरता दिईने उनले बताईन । अनुगमनमा ईलाका प्रशासन कार्यालयका शेर बहादुर केसी, रुकमान गिरी, राम ललित केवट, विजय कुमार यादव, प्रेम केवट, संदिप यादव, प्रहरी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार