नागपञ्चमी र गुड्डिन सम्बन्धी रोचक कथा

महेश गुप्ता 92+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

प्रकृतीको हरेक रचनालाई हामी सम्मान दिने गर्दछौं । साथसाथै पुजा पाठमा पनि विश्वास गर्ने गर्दछौं । नागपञ्चमी पर्व पनि एउटा प्रकृती संग जोडिएको धार्मिक परम्परा हो । नाग लाईपनि देवताको रुपमा पुज्ने प्रचलन परापुर्व कालदेखी नै चलिआएको हो । 

यो पर्व हरेक श्रावण शुक्लपक्षको पञ्चमी तिथीको दिनमा मनाइने गरिन्छ , हिन्दुधर्म अनुसार पुरापुर कालदेखिनै नागहरुलाई देवताको रुपमा पुज्ने गरिन्छ । गरुण पुराणको मान्यता अनुसार एकजना ब्राम्हणको घरमा सात छोरा र सात बुहारी थिए  । केहि दिन पछि श्रावण महिनामा मनाइने जनै पुर्णिमा आयो । सबै बुहारीहरु रक्षाबन्धनको दिन आ–आफ्नो  दाइ भाइको लागि रक्षाबन्धन लिएर  माइत तीर हिडे ।  त्यो मध्ये छैंठौ बुहारी जुन थिइन् उनको माइतीमा कोही पनि दाइ  भाइ थिएनन् । महिनाहरु बित्दै गयो अनि एक दिन श्रावण महिनाको रक्षाबन्धको दिन आयो । उनले माइतीमा नजाने निर्णय गरिन् ।  दुखी ः हुदै खल्लो महशुस गरि बसिरहेकी थिइन् , उनको मनमा अनेकौ कुरा  खेल्न थाले । सोच्दा सोच्दै  अचानक उनले षेशनाग जी लाइ याद गरिन् र बोल्न थालिन् “ षेशनाग जी मेरो कोहि दाजुभाइ छैनन् त्यसैले तपाइ मेरो भाइ बनिदिनुस् न .. !”  षेशनागजीले उनको बिन्ती सुनेर ब्राम्हणको रुप धारण गरी घरमा आइपुगे र ती युवतीलाई भन्न थाले “किन तिमी उदास भएर बसेकी ? भाइ नभएर के भयो त ? आज देखी मलाइ तिम्रो भाइ सम्झे हुन्छ”  भने ।  त्यस पछि ति नाग रुपि ब्राम्हणले जाउ हिड मेरो घरमा भनि बिन्ती गर्न थाले ।  ती युवती लाइ लिइ गाउँ भन्दा केहि टाढा पुगे पछि ति ब्राम्हण रुपि नागले आफ्नो रुप धारण गरी घरमा आइपुगे  र भन्न थाले... आउ बैनी तिमी मेरो शिरमा बस म तिमीलाइ पातालको नागलोक लिएर जान्छु । अब उनीहरु दुवैजना नागलोक पुगे । त्यतीकैमा दिनहरु बित्दै थिए एक दिन नागलोकमा एक नागकन्याले बच्चाहरु जन्माइन् । अब षेशनागले ती युवतीलाइ बहिनी तिमी भित्र बाहिर गर्दा हातमा दियो बालेर हिड्ने गर किनभने अध्यारोमा भित्रबाहिर गर्दा नागकन्याका बच्चाहरु कुल्चीन सक्छन् । उज्यालो हातमा लियौ भने ति नागका साना साना बच्चाहरु कुल्चीदैन भनि आग्रह गरे । तर ति नारीले ब्राम्हणको आग्रहलाई बेवास्ता गरिन् । अनि एकदिन हिड्ने क्रममा ती नारीले नागको बच्चालाई कुच्चिन पुगिन् । त्यसनागको  बच्चा मर्न त मरेन तर उसको पुच्छर छिनीयो । 

केहि दिन पछि ती नारी आफ्नो घर फर्किछिन् । हरेक वर्ष साउन महिनामा एउटा प्रतिमा बनाई त्यसैलाई नाग देवताको थापनागरि पुजा गर्न थाल्छिन्  । समय बित्तै जादा  एक दिन तीनै पुच्चर छिनीएको नागको बच्चा ठुलो हुन्छ र आफ्नो आमालाई सोध्छ, आमा मेरो पुच्छर कसरी छिनीएको हो ? अनि आमाले जवाफ दिन्छिन्,  पृथ्वी लोकबाट आएकी एक जना नारीलाइ तिम्रो पिताजीले बहिनी बनाएर घरमा ल्याउनु भएको थियो । उनै नारीले तिमीसानो हुदा गल्तिीले तिम्रो पुच्छर कुल्चिदिदा  पुच्चर छिनीएको हो भनेर जवाफ दिन्छीन् । त्यत्तीकैमा त्यो बालक रिसले क्रोध भई  जो सुकै होस् म त्यसलाइ छोड्दीन भन्दै ति नारीलाई खोज्दै पृथ्वीलोकमा आईपुग्छन्  । 

ती नारी बसेको घरमा आइ भित्र हेर्छन् त तिनै नारीले उनको पिता षेशनागको प्रतिमामा ध्यान मग्न भई  पुजा गरिरहेकी हुन्छिन् । केहिछिनमा पुजा, पाठ र ध्यान गरि सकेर फर्कि पछि हेर्दा त नाग उनलाइ कुरेर बसिराखेको देख्छीन् । र हतार गर्दै सम्मान सहित ल पुजाको प्रसाद खानुस् भन्दै खिर र दुध खानदिन्छिन् । नाग पनि खुसीभई उनलाई आशिर्बाद दिन्छन् । अनि नाग खुसीभएर हजुर मेरो पिताको बैनी हुनुहुदो रहेछ भनि भावुक हुन्छन् । त्यसैले जसको घरमा नागलाइ दाइ सम्झेर पुजा गर्दछन् उनीहरु अकाल मृत्यु र सर्प दोष बाट सधै मुक्ति पाउछन् भन्दै उनी  आफ्नो नागलोक फर्किन्छन् । यसैदिन देखी नागलाई भाइ वा रक्षक सम्झेर श्रावण महिनाको शुक्लपक्ष पञ्चमीको दिनलाई “नाग पञ्चमी” पर्व मनाउने प्रचलन चल्यो । 

                              

गुड्डिन पिटाई

यही नागपञ्चमी पर्वसंग जोडिएको एउटा अनौंठो प्रचलन  गुड्डिन (पुतला) पिटाइ जुन भगवान् शिव र उनका भक्त संग जोडिएको एउटा कथामा आधारीत छ ।  यो कथा अनुसार एक जना भक्त  हरेक दीन बिहान  शिव मन्दिर गई पूजा गर्छन् र  नाग देवताको दर्शन गरी दुध पिलाएर मात्र घर फर्कने गर्दथे । बिस्तारै बिस्तारै दुवैबिच गहिरो प्रेम बस्न गयो । पे्रम पुर्वक नागले अब आफ्नो मणिलाईपनि छोडेर ति भक्तको शरिरमा लपेटिन थाल्यो । 

यत्तिकैमा एक दिन श्रावण महिनाको शुक्लपक्षको पञ्चमीको दिन उनै भक्तको साथैमा उनको बहिनी पनि भगवान् शिवको दर्शन गर्न भनि दाजुको पछि पछि आएकी थिइन् । त्यसपछि ती भक्तलाई देख्नासाथ नाग देवता शरिरमा लपेटिन पुग्छ । आफ्नो दाइको शरीरमा सर्पलपेटिए पछि ती युवती ल अब मेरो दाइलाइ यसले डसेर मार्ने भयो भनेर लठ्ठीले पिटिपिट त्यो दाइको प्रेमी नागलाइ मारीदिन्छिन् । तर पछि दाइले आफु र त्यस मरिसकेको नागबिचको पे्रम काहानी सुनाउँछन् तब ती युवती निकै पछुताउदै रुन थाल्छिन् । अब यि भक्त र नागबिचको पे्रम काहानी सुनेका मन्दिरमा उपस्थित  अन्य दर्शनार्थीहरुले नागलाई मार्नुको सजाय ती स्त्रीले पाउनै पर्छ भन्दै ति स्त्रीलाई पनि सबै जना मिलेर  लठ्ठीले पिटिपिटि मारीदिन्छन् । 

यसैको संम्झनामा नागपञ्चमीको दिन  गुड्डीन (पुतला ) बनाइ गाउँको चोकमा जम्मा भएर  केटीमान्छेले गुड्डिन  छोडिदिने र केटामान्छेले त्यसलाई  लठ्ठीले पिट्ने चलन अहिले पनि चलिआएको छ । यसै चलनलाइ “गुड्डीन पिट्ने” भन्ने गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार