मर्चवार २० कार्तिक । मर्चवार क्षेत्रमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । भैरहवा–मर्चवार सडकखण्ड कोटहीमाई ५ मझगावाँमा उक्त दुर्घटानमा परी १ जना घाइते भएका इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् ।
आज मंगलबार दिउँसो १ः२० बजे मझगावाँ देखि दुईमोहान तिर तरकारी लिएर जादै गरेको लु ५५ प २७७३ नम्बरको मोटरसाइल र बिपरित दिसाबाट आइरहेको युपी ५६ एफ ७३०५ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् ।
भारतीय नम्बरको मोटरसाइलमा सवार रहेका कोटहीमाई ६ बोगडीका ३० वर्षीय मन्जे हरिजन घाइते भएको उनले जानकारी दिएका छन् । घाइते हरिजनको मर्चवार हेल्थ क्लिनिक मझगावाँमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् ।
नेपाली मोटरसाइकलमा सवार कोटहीमाई ५ इटहियाका १८ वर्षीय शिवशंकर कलवार र दुबै मोटरसाइकल नियन्त्रणमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् ।