मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रका शैक्षिक संस्थाहरुमा जाडो विदा दिइएको छ । आइतबार कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाले सुचना जारी गर्दै जाडो विदा दिएका हुन् ।
अहिले अधिक रुपले बढेको शितलहर र चिसोले विद्यार्थीहरुको स्वास्थयम असर गर्न सक्ने भएकोले जाडो बिदा गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । पुस २२ गते देखि बिदा रहने सम्पूर्ण विद्यालयहरु माघ ३ गते संचालन हुने अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।
यसैगरी सम्मरीमाई गाउँपालिकाले पनि माघ २ गते सम्म जाडो विदा दिएको गाउँपलिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताए । अचानक भएको प्रतिकुल मौसममा विद्यालय पुग्ने बालबालिकाहरुलाई चिसोको असरले विभिन्न रोग ब्याधी लाग्ने खतरा उच्च रहेकोले बालबालिकाहरु घरमै सुरक्षित रहन शैक्षिक विदा गरिएको सम्मरीमाई गाउँपालिका अध्यक्ष श्रीवास्वतले बताए ।
वर्षे विदाबाट कट्टा हुनेगरी दिइएको हिउँदे बिदामा विद्यालय खुल्ने तर अध्यापन कार्य नहुने मर्चवारी गाउँपलिका अध्यक्ष गया प्रसाद बरईले जानकारी खिएका छन् ।