बेतकुइयाँमा कक्षा १०का छात्राहरूलाइ साइकिल

महेश गुप्ता 92+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

मर्चवार ७ चैत/ कृषक आदर्श माध्यमिक विद्यालय, बेतकुइयाँमा अध्ययनरत कक्षा १० का छात्रारूलाइ साइकिल बितरण गरिएको छ । रूपन्देहीको सम्मरीमाइ गाउँपालिका वडा नं। ७ले छात्रा प्रोत्साहन कार्यक्रम अन्तरगत सो साइकल बितरण गरेको हो ।

सो विद्यालयमा अध्ययनरत सम्मरीमाइ गाउँपालिका भरिका ५९ जना छात्रालाई साइकल वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक उमाकान्त अर्यालले जानकारी दिए । मंगलबार एक समारोहका बीच साइकल वितरण गर्दै वडाअध्यक्ष राधेश्याम कुर्मीले एसइइ परिक्षा दिन लागेका छात्राहरुलाई प्रोत्साहन गर्ने भन्दै भोलीका दिनमा उच्च शिक्षाका लागिआउजाउ गर्न मद्दत पुग्ने बताए ।


अध्यक्ष कुर्मीले बिद्यालयमा प्राबिधिक शिक्षालय स्थापनाका लागि पहल सुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षाका लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । उनले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार