नागरिकता लिएर नेपाली हैन, नेपाली बनेर नागरिकता लिनु पर्दछ : प्रमुख जिल्ला अधिकारी अर्याल

हृदयराम गुप्ता 121+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

मर्चवार÷जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा मर्चवारमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कोटहीमाई, मर्चवारी, सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांसकृतिक नगरपालिकाका अध्यक्ष÷प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र वडा सचिवहरुलाई विभिन्न सेवाको नियम कानुन तथा प्रकृयाबारे अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतको बारेमा समस्या जिल्ला प्रशासनमा आउने गरेकाले कानूनले दिएको आधारमा काम हुने बताए । उनले भने ‘हरेक नेपालीले नागरिकताबाट वञ्चित हुनु हुदैन र गैर नेपालीले नागरिकता पाउनु हुदैन । नागरिकता लिएर नेपाली बन्ने होइन नेपाली बनेर नागरिकता लिनु पर्दछ ।’ नागरिकताको विषयलाई लिएर सानो तिनो समस्या लिएर वडाबाट जिल्ला प्रशासन कार्यालय धाउन भन्दा कानुनी प्रकृयाबारे प्रस्ट भई सेवाग्राहीहरुलाई नियमित सेवा दिन उनले आग्रह गरेका थिए । नागरिकता लिन आउने कतिपयले नेपाली बोल्न नजान्ने, आफ्नो क्षेत्रकाटे टोलहरुको नाम, जनप्रनिधिको नाम समेत बताउन नसक्ने देखिएपछि प्रहरीद्वारा सर्जमन खटाउनुपर्ने बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । सर्जमिन गर्नु दुख दिनु होइन ब्यक्ति र कागजी प्रकृयाबारे प्रष्ट हुनु हो प्रमुख जिल्ला अधिकारी अर्यालले भने । वडाले सिफारिसकै आधारमा नेपाली ब्यक्तिले नागरिक हुने नहुने भएकोले वास्तविक नेपालीलाई नागरिकता लिन सिफारिसमा कुनै किसिमको आनाकानी नगर्न उनले आग्रह गरे ।

कार्यक्रममा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, सम्मरीमाई ३ का वडाध्यक्ष अदहम अलि देवान, मर्चवारी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कृष्ण कुमार सिंह, कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी लगायतका बोलेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार