लामिछानेलाई बयानका लागि ल्याइयाे रुपन्देही

मर्चवार न्यूज 367+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिललको कार्यालयमा लगिएको छ। पौने १ बजे भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल ल्याईएका लामिछानेलाई बिमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको हो । 

सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा पु¥याइएको रुपन्देही प्रहरीले जनाएको छ ।  

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा बिगत २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहनु भएका लामिछानेलाई बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याईएको रुपन्देहीका प्रहरी प्रमुख रञ्जित सिंह राठौरले जानकारी दिए । 

कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई त्यसै राति पोखरा लगिएको थियो ।

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । पोखराबाट १२ बजे उडेको जहाज भैरहवामा १२ बजेर २८ मिनेट जाँदा अवतरण गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार