फागुन १५ गते सार्वजनिक विदा !

Marchuwar News 1+ समाचार ( )
१३ फाल्गुन २०७८, शुक्रबार

मगरहरुको राष्ट्रिय पर्व  फागुन १५ गते, एक दिन नवलपुर जिल्लाका केही स्थानीय तहहरुले सार्वजनिक विदा दिनेभएका छन । सार्वजनिक विदा घोषणा गर्ने स्थानीय तहहरुमा,बुलिङ्टार गाउँपालिका, विनयत्रिवेणी गाउँपालिका, देवचुली नगरपालिका,मध्यबिन्दु नगरपालिका रहेका छन। ति पालिकाहरुले आज प्रेस नोट जारी गरि सार्वजनिक विदाको घोषणा गरेका हुन ।

फागुन १५ लाई मगरहरुले एकता दिवसको रुपमा मनाउदै आईरहेको छ । विक्रम संवत २०३९ साल फागुन १५ गते मगर संघको पहिलो राष्ट्रिय सम्मेलन तनहुँको दमौलीमा सम्पन्न भएको थियो, सोही दिनलाई आधार मानी मगरहरुले   फागुन १५ लाई राष्ट्रिय एकता दिवस मानेका हुन । फागुन १५ मा मगरहरुले  घरमा आफ्ना नाता कुटुम्बलाई  बोलाई मिठोमसिनो खानेकुरा खुवाउने घर आंगन लिपपोट गर्ने वातावरण सफा राख्ने गर्दछ्न । मगर संघको विभिन्न तहका समितिहरुले  भेला बैठक सभा बोलाई शुभकामना आदन-प्रदान  कार्यक्रम पनि गर्ने गर्दछ्न ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार