मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले दमकल ल्याउने लुम्बिनी प्रदेश सभा सदस्यको वाचाले अलपत्र बनाएको बताए । आइतबार मर्चवारी गाउँपालिकामा सम्पन्न जिल्ला समन्वय समिति रुपन्देहीको घुम्ती बैठकमा बोल्दै अध्यक्ष त्रिपाठीले सो कुरा बताएका हुन् ।
जिल्ला समन्वय समिति रुपन्देहीलाई पहलकदमीको लागि अनुरोध गर्दै उनले भने ‘मर्चवारको लागि दमकल ल्याउन मर्चवारका तीनवटै पालिका निर्णय गरिरहदा मर्चवार क्षेत्रका दुबै प्रदेश सभा सदस्यले तपाईहरु दमकल न खरीद गर्नु दमकल हामी ल्याउछौँ भनेपछि सो निर्णय स्थानीय तहले कार्यन्वयन गरेन । तर अब फेरी गर्मी र हवाहुरीको मौसम आउन लाग्दा मन डराएको छ । ’ ‘लुम्बिनी प्रदेश सरकारले मर्चवारमा दमकल ल्याउन बजेट बिनियोजन गरेको सुनेको छु तर अहिले सम्म बोलपत्र अहवान समेत नगरेकोले यस वर्ष पनि दमकल आउन आस मर्न लागेको छ ।’ अध्यक्ष त्रिपाठीले भने ।
यस वर्ष दमकल आउन सकेन भने मर्चवारको कुनै पालिका अध्यक्षले समाजमा जान नसक्ने अवस्था सिर्जना हुने अध्यक्ष त्रिपाठीले बताए । मर्चवारमा बाटो ढिलो बनेपनि ढमकल नभई नहुने अवस्था भएको कोटहीमाई गाउँपालिका अध्यक्ष त्रिपाठीले बताए ।