उद्योग व्यापार संगठन रुपन्देहीको १७ औं साधारण सभा भदौ १ मा

महेश गुप्ता 92+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

भैरहवा, २३ साउन । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको १७ औं वार्षिक साधारण सभा २०८१ भदौ १ गते शनिबार हुने भएको छ । साउन ५ गतेको नियमित बैठकको निर्णय अनुसार संगठनको १७ औं वार्षिक साधारण सभा भदौ १ गते हुने अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

साधारण सभा बिहान ८ बजेदेखि सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा सुरु हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साधारण सभामा सहभागी हुन संगठनमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई उनले आग्रह गरे ।

साधारण सभामा अध्यक्ष, महासचिवको प्रतिवेदन, लेखापरीक्षण तथा कोषाध्यक्षको प्रतिवेदन, विधान संशोधनलगायत प्रस्तावमा छलफल हुने संगठनकी महासचिव लक्ष्मी अधिकारीले जानकारी दिइन् । 

संगठनले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु समेत गर्दै आएको वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार