भैरहवा, ३ जेठ÷ क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाएको खुसीयालीमा रुपन्देहीको भैरहवामा दीप प्रज्जवल गरिएको छ । भैरहवा गाउँ टोल सुधार समिति सि.न.पा.–७ ले बुधबार साँझ विद्रोही चोक (सानु डिपार्टमेन्टल स्टोर) अगाडि दीप प्रज्जवलन गरेको समितिका सह–सचिव मनोज ढाडीले बताए ।
भैरहवा गाउँ टोल सुधार समितिका अध्यक्ष ठाकुर अधिकारीको अध्यक्षता तथा सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य सुष्मा प्रधान, अभिषेक रावल, सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य पल्लवी न्यौपाने, समितिका उपाध्यक्ष विनोद विश्कर्मा, सचिव सुजाता क्षेत्री, सल्लाहकार सुरेन्द्र प्रधान, चोला प्रसाद कंडेल, क्रिकेट खेलाडी दीपेन्द्र लामगादेलगायतको उपस्थिति रहेको थियो ।