चिन्तामा कटयाँ टोल, २ जनाकाे अवस्था गम्भीर

महेश गुप्ता 92+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

मर्चवार १ चैत÷रुपन्देहीको कोटहीमाई ७ कटया टोल अहिले चिन्तामा डुबेको छ । आज कोटहीमाई ५ दुुईमोहानमा भएको दुर्घटना परी एकै टोल २६ जना घाइते भएपछि उक्त टोलभरीका चिन्तित भएका हुन् ।

कोटहीमाई ७ दुबे कटयाका रमापती सहानीको घरमा हुने भागवतको लागि धार्मिक स्थलको रुपमा समेत रहेको तिनाउ र दानव नदीको संगम स्थल दुईमोहानमा जल लिन गएको लु १ त ५५४७ नम्बरको टे«क्टर पल्टिदा उक्त घटना भएको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । जल लिएर फर्किने क्रममा नदीको छेउमै रहेको नहरमा चढने क्रममा उकालो भएको ठाउँमा ट्रेक्टर रोक्न खोज्दा ट्रेक्टर ब्याक भएर पल्टेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् । 

घाइते भएका २६ जनाको सिद्धार्थनगर सिटि अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् । घाइते मध्ये सुमित्रा यादव र उर्मिला यादवको अवस्था गम्भीर भई आइसियूमा उपचार भइरहेको उनले जानकारी दिएका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै